नेशनल प्याब्सन पर्साको आयोजनामा सोमबार देखि जुनियर टि–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । नारायणी क्रिकेट रंगशालामा शुरु प्रतियोगिताको मधेश प्रदेशका पुर्वमन्त्री जितेन्द्र सोनलले गरेका थिए ।
कार्यक्रमलाई उद्घाटन गर्दै प्रमुख अतिथी सोनलले नेशनल प्याब्सनले खेलकुद क्षेत्रमा गरेका प्रयासहरू प्रशंसनीय रहेको बताए। उनले मधेश प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै खेलकुद मन्त्रालयले विभिन्न योजनाहरू ल्याउनुपर्ने धारणा राखे । क्रिकेट लोकप्रिय खेल भएको जिकिर गर्दै यस्ता टूर्नामेन्टहरूले नेपाललाई विश्वकपमा पुग्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
नेशनल प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष डा. नन्दन यादव, सचिव इन्द्र देव शाह, उपाध्यक्ष बिनोद गुप्ता, कोषाध्यक्ष राजेश कुमार लिम्बू, बिरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सदस्य उतम गुप्ता, सोनालाल प्रसाद पटेल, शशी प्रकाश साह, सौकत अली, तारा श्रेष्ठ, लगायतकाले धारणा राखेको थिए ।

प्रतियोगितामा ज्ञान निकेतन, विद्या सदन, सिद्धार्थ एकेडेमी, एन्जल वर्ड, ओएसिस माध्यमिक विद्यालय, मदर ल्यान्ड, पर्सा ईश्वर इङ्लिस बोर्डिङ स्कूल, आइडियल एकेडेमी, माउन्ट हर्मन, श्री जेपीएस एकेडेमी, ज्ञानोदय मावि, मिशन एकेडेमी, विभूति एकेडेमी, ममता विद्या मन्दिर, शान्ति निकेतन स्कूल, र श्री कन्हैया साह इ.बि.लगायत १६ वटा बिद्यालयको सहभागिता रहेको छ ।
