वीरगंज २३ प्रसौनी बिर्तामा आज देखि दोस्रो प्रसौनी प्रिमियर लिग शुरु भएको छ । लिगको उद्घाटन संबिधान सभाका सदस्य बिचारी यादव र वडा अध्यक्ष अवधकिसोर कुशवाहाले रिबन काटी बलिङ्ग र ब्याटिङ्ग गरेर शुभारम्भ गरेका थिए ।
आईपिएलको फर्मेट अनुसार संचालन हुने प्रतियोगितामा प्रसौनी लायन्स, सलिम वारियर्स,रोयाल्स च्यालेन्जर बैरिया, सुजित सुपर किंग्स गरि ४ टिमको सहभागिता हुने छ ।

प्रसौनी क्रिकेट ग्राउण्डमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै माउण्ट हर्मनका प्रिन्सिपल संतोष साहले खेलकुदको बिकाशका लागि यस्ता प्रतियोगीता कोषेढुगां साबित हुने जिकिर गरे । उहाँले आशिफ र आरिफ शेख जस्ता राष्ट्रिय स्तरका खेलाडीहरु पनि यस्तै लिगबाट उत्पादन भएको बताउदै यस्ता प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे ।
यसैगरी वडा अध्यक्ष अवधकिसोर कुशवाहाले खेलाडीको बिकाशको लागि वडा कार्यालय सदैव तयार रहेको बताए । खेलाडी देशको गहना भएको र खेलाडीको बिकाशको लागि आफु सक्ने सहयोग गर्ने समेत घोषणा गरे । अगामी दिनमा यस प्रतियोगितालाई अझ परिष्कृत गरेर संचालन गर्न समेत आयोजकलाई आग्रह गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै संबिधान सभाका सदस्य बिचारी यादवले अभावका बिच पनि यस टोलका खेलाडीहरुले लिग संचालन गरेकोमा प्रशंशा व्यक्त गरे । प्रमुख अतिथी समेत रहेका यादवले वडामा बाह्रै महिना खेलाडीहरुलाई खेल्ने बातावरण बनाउन वडा समितीका सदस्यहरुलाई आग्रह गरे । उनले मधेश प्रदेशका खेलकुद मन्त्री र सदस्य सचिव दुवै जना आफनै पार्टी एमालेको भएको बताउदै उनीहरुबाट पनि यस टोलको खेलकुद बिकाशको लागि पहल गर्ने आश्वासन दिए । उनले जग्गा उपलब्ध भए त्यसमा पिच र प्याराफिट बनाउन आफु बजेट माँग गर्ने समेत जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस वडा नम्बर २३ का बुथ सभापति लोकनारायण यादव, युवा नेता फजिल अंसारी, एमालेका युवा नेता भोला यादव,वडा सदस्य कान्ति देवी,फुलबचनी देवी लगायत स्थानियहरुको उपस्थिती थियो ।
लिगमा प्रसौनी लायन्स, सलिम वारियर्स,रोयाल्स च्यालेन्जर बैरिया, सुजित सुपर किंग्सले प्रसौनी टोलका खेलाडीहरु खरिद गरि टिम बनाएर खेलिरहेका छन । प्रतियोगिता १६ ओभरको हुने छ ।
यसैबिच आजको उद्घाटन खेल प्रसौनी लायन्स र सलिम वारिर्यस बिच खेल भईरहेको छ ।
