वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१४, पिप्रास्थित सनसाइन बोर्डिङ स्कुलमा शैक्षिक सत्र २०८३ का लागि निर्वाचित विद्यार्थी नेतृत्वलाई ब्याज वितरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालयकी प्रिन्सिपल निधि कुमारीको सभापतित्व तथा प्याप्सन वीरगञ्ज महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा आयोजित समारोहमा स्कुल क्याप्टेन, ईसीए क्याप्टेन, हाउस क्याप्टेन तथा विभिन्न कक्षाका मनिटरहरूलाई ब्याज वितरण गर्नुका साथै गोपनीयताको शपथ ग्रहण गराइएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राहुल श्रीवास्तवले छोटो समयमै सनसाइन बोर्डिङ स्कुलले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत उत्कृष्ट प्रदर्शन गर्न सफल भएको भन्दै विद्यालय परिवारलाई धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले विद्यालयका सञ्चालक अमित आलोक तथा प्रिन्सिपल निधि कुमारीको नेतृत्वमा विद्यार्थीहरूको हकहित र समग्र विकासका लागि भइरहेको प्रयास प्रशंसनीय रहेको बताउँदै अन्य शैक्षिक संस्थाहरूले समेत यसबाट प्रेरणा लिनुपर्ने धारणा राख्नुभयो।
शपथ ग्रहण कार्यक्रममा स्कुल क्याप्टेन साक्षी पटेल, ईसीए क्याप्टेन खुसी पटेल, यलो हाउस क्याप्टेन रवि पटेल, ब्लु हाउस क्याप्टेन रोमा प्रजापति, रेड हाउस क्याप्टेन साध्या प्रजापति तथा ग्रिन हाउस क्याप्टेन रागिनी पटेललाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो। साथै कक्षा १ देखि ८ सम्मका निर्वाचित मनिटरहरूलाई पनि ब्याज वितरण गरी शपथ गराइएको थियो।
कार्यक्रममा प्याप्सन महानगर कोषाध्यक्ष तथा मिनिल्याण्ड स्कुलका प्रिन्सिपल सुरज बाबु पटेल, प्याप्सन महानगर सदस्य तथा लिटिल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय बल, लिटिल एन्जल बोर्डिङ स्कुलका प्रिन्सिपल सन्नी पाख्रिन, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश मानव, आइडियल एकेडेमीका प्रिन्सिपल सुमित कलवार तथा मिडिया संयोजक दीपु वर्णवाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
विद्यालयका सञ्चालक अमित आलोकले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले अभिभावकहरूको विश्वास कायम राख्न विद्यालय सधैं प्रतिबद्ध रहने र विपन्न, दलित, अल्पसंख्यक, सहिद तथा घाइते परिवारका साथै उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने जानकारी दिनुभयो।
विद्यालयका संयोजक दीपक कुस्वाहाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो भने शिक्षक विश्वम्भर वीर मल्लले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको समापनमा हाउस क्याप्टेनहरूलाई विशेष भेस्ट वितरण गरिएको विद्यालयले जनाएको छ।